नेपालका लागि चिनियाँ राजदूत यान्छीले नेकपाका नेताहरुसँगको भेटघाटमा तिव्रता दिइन्

काठमाडौँ – नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुसँगको भेटघाटमा तिव्रता दिएकी छिन् ।
यान्छीले शुक्रबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनकै निवास खुमलटारमा भेटेलगत्तै वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि भेट गरेकी छन् ।
नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका वरिष्ठ नेता माधव नेपाललाई पनि उनकै कोटेश्वर निवासमा भेट गरेकी हुन् ।

भेटमा दुई देशबीचको घनिष्ट सम्बन्धका विविध पक्षका बारेमा कुराकानी भएको नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जाल ट्विटरबाट जानकारी दिएका छन् ।

यसअघि प्रचण्डसँग यान्छीले झण्डै १ घण्टा भेट गरेकी थिइन् । भेटमा कोरोना रोकथामका बारेमा छलफल भएको प्रचण्ड निकट स्रोतले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्