बामदेव गौतमले पार्टीबाट ४ पटक सम्म खाएका धोकाहरु यि हुन्, अबको प्रयासमा के होला ?

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौमले पार्टीबाट पटक पटक धोका खाएका छन् । नेकपामा सबैभन्दा बढी धोका खाने नेताहरुमध्ये बामदेव सायद गौमत नै होलान् । नेकपाको १७ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले गौतमलाई प्रधानमन्त्री र नेता नेपालाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरे । तर पटक पटक धोका खाएका गौतम यस पटक प्रधानमन्त्री बन्ने आशामा छन् । गौतमले खाएका घोकाहरु यि हुन् ।

२०७१ सालमा नेकपा एमालेमा महाधिवेशनको चटारो थियो आठौ महाधिवेशनमा पराजित भएका केपी शर्मा ओलीले नवौ महाधिवेशनमा अध्यक्ष बन्न सहयोग गरे गौतमलाई प्रधानमन्त्री बनाउने बचन दिएका थिए अध्यक्षमा ओली नै निर्वाचित भए तर पछि प्रधानमन्त्री पनि ओली नै बने । यसरी बामदेव गौतमले धोका खाएका छन् ।

२०७३ सालमा पनि तत्कालिन नेकपा एमालेका तीन जना शीर्ष नेता केपी ओली, झलनाथ खानल र माधव नेपाल प्रधानमन्त्री भइसकेकाले अबको पालो गौतमको नै हो भनेर पार्टीभित्र घोषणा नै भयो । गौतम तत्कालिन माओवादी केन्द्रलाई मनाउन थाले स्थानीय तहको निर्वाचन पछि प्रदेश र संघीय चुनावमा माओवादी र एमालेबीच गठबन्धन भए पनि गौतमले चुनाव हारे उनको प्रधानमन्त्री बन्ने ईच्छामा ब्रेक लाग्यो तर पार्टीभित्रकै अन्तरघातका काराण चुनाव हारेको भन्दै गौतमले केहि नेताहरुलाई कारवाही गर्नुपर्ने माग गरे । तर कसैलाई कारवाही भएन, गौतमले यहाँ पनि धोका खाए ।

त्यसपछि गौतमलाई सबै प्रकारका विकास निर्माणको अगुवाई गर्ने एउटा शक्तिशाली प्राधिकरण बनाएर त्यसको जिम्मेवारी गौतमलाई दिइने आश्वासन दिइयो तर त्यो प्रस्ताव मन्त्रिपरिषद्मा पुगेर थन्कियो । गौतमले यहाँपनि धोका खाए ।

त्यसपछि गौतमलाई उपनिर्वाचन गराएर संसदमा लैजान खोजियो त्यसका लागि डोल्पाका धनबहादुर बुढा, काठमाडौँका रामवीर मानन्धर लगायतका सांसदहरु गौतमलाई संसदमा लैजान सक्रिय भए तर पार्टी नेतृत्वबाट नै यि प्रयासहरु सफल हुन दिइएन यस पटक पनि गौतमले धोका खाए ।

१७ गतेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले कोरोनाको महामारी अन्त्य भए लगत्तै गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरे तर गौतम प्रधानमन्त्री बन्नको लागि संबैधानिक जटिलताहरु छन् । यस पटकपनि गौतमलाई धोका हुने त हैन ?

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्