धनगढीकी कोरोना संक्रमित ३४ वर्षीया महिलाको छैठौं रिपोर्ट पनि पोजेटिभ

कैलाली – धनगढीकी कोरोना संक्रमित ३४ वर्षीया महिलाको छैठौं रिपोर्ट पनि ‘पोजेटिभ’ आएको छ । ६ पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

संक्रमित महिला २८ दिनदेखि सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छिन् ।

उनलाई २२ चैत्रमा कोरोना संक्रमणको पुष्टि भएको थियो । दुबईबाट आएका आफन्तबाट उनीमा कोरोना सरेको हो ।

उनका आफन्त भने निको भएर घर फर्किसकेका छन् । महिलामा कोरोना सरेपछि सरकारले नेपालमा कोरोना दोस्रो चरणमा प्रबेश गरेको घोषणा गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्