नेपाल एयरलाइन्स बैशाख २४ मा सिड्नी उड्ने निश्चित, अर्को उडानको सम्भावना जेठ २ मा

काठमाडौं – नेपालमा रोकिएका अष्ट्रेलियन नागरिकलाई घर फर्काउन नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरिएको छ । अष्टे्रलिया र नेपालस्थित अष्ट्रेलियन दूतावासबीच आगामी २४ वैशाखमा सिड्नी उडान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
यसअघि नेपाल एयरलाइन्सले अष्ट्रेलियाको ब्रिस्वेनमा चार्टर्ड उडान गरिसकेको छ ।

त्यसबेला अष्ट्रेलिया र न्यूजिल्याण्डका नागरिकलाई घर फर्काइएको थियो । दूतावासले नेपालबाट अष्ट्रेलिया फर्कन चाहने नागरिकलाई सम्पर्क गर्न समेत आग्रह गरेको छ । दूतावासका अनुसार नेपालबाट तेस्रो चार्टर्ड उडानको तयारी समेत शुरु भएको छ ।

सम्भवतः यो उडान जेठ २ गते (१५ मे)मा हुनेछ । उक्त उडान समेत नेपाल एयरलाइन्सबाटै हुने दूतावासले जानकारी दिएको छ । उक्त उडान सम्भव भएमा त्यो अष्ट्रेलियाका लागि नेपाल एयरलाइन्सको तेस्रो चार्टर्ड उडान हुनेछ ।

नेपालमा लकडाउन र अन्तर्रा्ष्ट्रिय हवाई उडान लम्बिएसँगै यहाँ अड्किएका नागरिकलाई मुलुकहरुले धमाधम फिर्ता लगिरहेका छन् । त्यसक्रममा यात्राको टिकट भने यात्रु स्वयमले काट्नु पर्ने प्रावधान राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्