भारतमा एकै दिन झण्डै २ हजार कोरोना संक्रमित थपिए, ७३ जनाको मृत्यु

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका झण्डै दुई हजार संक्रमित थपिएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान ८ बजे सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतभर १ हजार ९ सय ९३ नयाँ कोरोना संक्रमित पुष्टि फेला परेका छन् । योसँगै भारतमा संक्रमित संख्या ३५ हजार ४३ पुगेको छ ।

यस्तै मन्त्रालयले यही अवधिमा संक्रमणबाट ७३ जनाले ज्यान गुमाएको जनाएको छ । संक्रमणका कारण कुल मृत्यु हुने संख्या १ हजार १ सय ४७ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्