भर्चुअल टेनिसको उपाधि एन्डी मूरे र किकी बर्टिन्सलाई

काठमाडौं – विश्व टेनिसको प्रतिष्ठित प्रतियोगिता मड्रिड ओपनको उपाधि एन्डी मूरेले जितेका जितेका छन् ।

प्रतियोगिताको उपाधि तेस्रो पटक जितेका मुरेलाई यसपटक भने अघिका प्रतियोगितामा जस्तै कोर्टमा घण्टौंसम्म जीतका लागि संङ्घर्ष गर्नु परेन् । उनले आफ्नै घरको सोफामा आरामसंग बसेर नै उपाधी जिते ।

विश्वभरी फैलिएको कोभिड-१९ को महामारीका कारण प्रतियोगिता सञ्चालन गर्न असमर्थ भएपछि भर्चुअल प्रतियोगिता गराइएको थियो । स्कटल्याण्डका टेनिस हस्ती मुरेले बेल्जियमका खेलाडी डेभिड गोफिनलाई ७-५ (५) ले पराजित गर्दै उपाधि जित्न सफल भए । उपाधि संगै मुरेले १ लाख ५० हजार युरो पुरस्कार राशि पनि जितेका छन् । पुरस्कार रकमको आधा उनले कोभिड-१९ को रोकथाम र उपचारका लागि सहयोग गर्ने बताएका छन् ।

यसैगरी प्रतियोगिताको महिला उपाधि नेदरल्याडसकी किकी बर्टिन्सले जितिन् । उनले फ्रान्सकी फिओना फेरोलाई पराजित गरेकी हुन् ।  स्वास्थ्य महामारीकै बीच पनि आफ्ना समर्थकहरुलाई प्रतियोगिता देखाइरहन भर्चुअल खेलको आयोजना गरिएको थियो । प्रतियोगितामा रोजर फेडरर, रफायल नाडाल सहित शिर्ष वरियताका खेलाडीहरुले सहभागिता जनाएका थिए ।- NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्