नेकपा अध्यक्ष दाहाल र चिनियाँ राजदुत यान्छीबीच भेटवार्ता

काठमाडौँ – कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा शुक्रबार बिहान उनीहरूबीच भएको भेटमा कोरोना भाइरस रोकथामका लागि भइरहेको प्रयासबारे कुराकानी भएको प्रचण्ड निकट स्रोतले बताएको छ ।

भेटमा प्रचण्डले चीनले गरेको सहयोगको धन्यवाद भन्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेका स्रोतले बतायो ।

‘चिनियाँ राजदूत यान्छीले पनि नेपाललाई गर्ने सहयोगमा निरन्तरता दिने प्रतिवद्धता जनाएकी थिइन्’,स्रोतले भन्यो, ‘प्रचण्ड र राजदूतबीच झण्डै एक घन्टा कुराकानी भएको थियो ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्