रोल्पा बम विष्फोटको अनुसन्धान गरि दोषीलाई कारवाही गर्न काँग्रेसको माग

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले रोल्पामा भएको बम बिस्फोटको घटनाको गम्भीर अनुसन्धानको माग गरेको छ ।
बिहीबार रोल्पाको त्रिवेणी गाउँपालिकामा बेबारिसे बम खेलाउँदा ४ बालबालिकाको मृत्यु भएको थियो । सो घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न काँग्रेसले माग गरेको छ ।

’द्वन्द्वको दशकले छाडेका चोटहरु खाटा बस्न एकातर्फ अझै बाँकी छ तर अर्कातर्फ यस्तो घटना हुनु अत्यन्तै दुःखद र गम्भीर छ । यसले हिंसाबाट समाधान खोज्न चाहने सबै थरिलाई हृदयदेखि गम्भीर र आत्मआलोचित बनाउने अपेक्षा छ,’ विज्ञप्तिमा भनिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्