बहराइनमा थप ३१ जना नेपालीमा कोरोनाको संक्रमण, संक्रमित संख्या १५७ पुग्यो

काठमाडौं – बहराइनमा थप ३१ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । यस अघि १२६ जनामा कोरोनाको संक्रमण देखिएकोमा हिजो थप ३१ जना थपिए संगै संक्रमित नेपालीको संख्या १५७ पुगेको हो ।
बहराइनस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुरा जानकारी गराएको हो ।
बहराइन अधिराज्यमा एक लाख २८ हजार ४८१ जनामा कोरोना संक्रमण भए÷नभएको परिक्षण गरिएको दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
संक्रमितको संख्या एक हजार ५३४ जना रहेकोमा एक जना गम्भिर अवस्थामा रहेको दूतावासले जनाएको छ ।
बहराइनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । बहराइनले ७ अप्रिल २०२० बाट लागु हुने गरी बहराइनमा अवैधानिक रुपमा विना कागजात कार्यरत कामदारका लागी वैधानिक हुन वा बहराइन छोड्न ३१ डिसेम्बर सम्म माफी दिने निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्