आरडीटी र पीसीआर गरि गौरीगंगामा ३५४ जनाको नमुना परीक्षण, कोषमा रु. ४६ लाख भन्दा बढी जम्मा

प्रेम जोशी
कैलाली – कैलालीको गौरीगंगा नगरपालिकाको कोरोना सहयोग कोषमा हाल सम्म ४६ लाख १५ हजार रुपैया सहयोग प्राप्त भएको छ । बुधबार नगरपालिकाको सभा हलमा पत्रकार सम्मेलन गरि कोभिड–१९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाबाट हाल सम्म भए गरेका कामहरुको विवरण जानकारी दिईएको हो ।

नगर प्रमुख भिम बहादुर देउवाले कोषमा विभिन्न विद्यालय, समुदाय वन, संघ संस्थाबाट सो सहयोग रकम प्राप्त भएको जानकारी दिए । विश्व महामारीको रुपमा रहेको कोभिड १९ को जोखिम बिरुद्ध सचेतना अपनाई बन्दाबन्दीको समयमा आईपर्ने विभिन्न समस्या न्युनिकरण तथा निराकराकरणका लागि नगरपालिकाले सहयोग कोष संचालनमा ल्याएको हो ।

बुधबार बाट ज्वरो आएका बिरामी चेक जाचका लागि मसुरिया स्वास्थ्य चौकी र चौमाला प्राथमिक स्वास्थ्य चौकीमा फिवर क्लिनिक बुथ संचालन सुरु गरिएको समेत नगर प्रमुख देउवाले जानकारी दिइका हुन । नगरपालिकाले सुरुमा ११ लाख जम्मा गरी सञ्चालनमा ल्याएको उक्त कोषमा प्रदेश सरकार बाट ३० लाख, बिभिन्न संघ सस्था विद्यालय र सामुदायक वन बाट ५ लाख १५ हजारको सहयोग प्राप्त भएकोमा हाल सम्म पहिलो र दोस्रो चरण गरेर २५ सय ६९ परिवारमा राहत वितरण गरिएको जनाएको छ ।

नगरपालिकालाई कोभिड(१९ को जोखिम विरुद्ध कार्य गर्न नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखा, सिएसएसडी धनगढी, ओरेक नेपाल, वल्डभिजन, उद्योग वाणिज्य संघ लगाएतबाट कम्बल, बाल्टिन, झुल, मास्क, सेनिटाईजर, गलब्स, बल्याङ्केट, पिपिई पोशाक लगाएतका सामाग्री र एनआईसी एसिया बैक, किसान सहकारी संस्था लम्की, वेश्टर्न डिस्लरि मसुरिया, पर्यावर्ण एवं वन पैदावर व्यावसाय संघबाट चामल, नुन, तेल सहित खाद्यान्न सहयोग प्राप्त भएको छ ।

पहिलो चरणमा नगरपालिकाले प्रत्येक वडा कार्यालयलाई १ लाख रकम उपलब्ध गराएको बताउदै उनले सोही अनुसार वडा कार्यालयले अति विपन्न परिवारलाई खाद्यान्य स्वरुप चामल, दाल, नुन, तेल, साबुन वितरण गरिएको छ । दोस्रो चरणमा नगरपालिकालाई उपलब्ध भएको खाद्यान्य र वडा कार्यालयमा बिभिन्न ठाउँ बाट प्राप्त भएको खाद्यान्यहरु वितरण गरीएको छ ।

अब तेस्रो चरणमा भने राहात वितरणका लागी नगरपालिकाले वडा कार्यालयलाई २ लाख १५ हजार दिएको छ । नगरपालिकामा स्थापना गरेको क्वारेन्टाइनबाट १ सय ९९ जनाले लाभ लिएका छन् भने गौरीगंगामा भारत लगाएतका मुलुकबाट ६ सय ५० जना आएका छन् । ३ सय २५ जनाको आरडिटि जाँच तथा २९ जनाको स्वाब (पिसीआर) जाँच सबैको नेगेटिभ आएको छ । यस अवधिमा ८ जनालाई निशुल्क एम्बुलेन्समा उद्वार गरिएको छ । पत्रकार सम्मेलनमा उप प्रमुख अंचला चौधरी र प्रमुख प्रशासकिय अधिकृत भक्तराज जोशीको पनि उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्