कैलालीका पाँच पालिकालाई १० लाख ४० हजार बराबरको सामग्रीहरु हस्तान्तरण

प्रेम जोशी
कैलाली –कोरोनाको रोकथाम तथा व्यवस्थापनका लागि कैलालीका पाँच पालिकालाई आवश्यक सामाग्री प्रदान गरिएको छ ।

सामाजिक बिकासका लागि सचेत समाज (सिएसएसडी), बालकल्याण संघ, दिगो बिकास र वाल्डभिजन नेपालको सहयोगमा क्वारेन्टाईन व्यवस्थापनका लागी आवश्यक सामाग्री हस्तान्तरण गरीएको छ । कैलारी गाउँपालिका, भजनी नगरपालिका, टिकापुर नगरपालिका, घोडाघोडी नगरपालिका र गौरीगंगा नगरपालिकालाई क्वारेन्टाईन व्यवस्थापन गर्नका लागी आवश्यक पर्ने सामग्री हस्तान्तरण गरेको हो ।

जसमा ८ क्वीन्टल चामल, ३६ वडा सेनेटाईजर, १ सय ३१ साबुन, ३ वटा जग, ३ वटा बाटा, ४० ओटा त्रिपाल, ३ वटा रसी, २० वटा मन्छरदानी झुल, २० वटा बल्यान्केट, ३ वटा पिफम र ५ वटा पिपिए हस्तान्तरण गरीएको बताईएको छ । एउटा पालिकामा २ लाख ८ हजार रुपैयाँ बराबरको सामग्री गरि ५ वटा पालिकामा १० लाख ४० हजार बराबरको सामग्रीहरु हस्तान्तरण गरिएको सामाजिक विकासका लागी सचेत समाज (सिएसएसडी),कैलालीका परिचाकल प्रम चौधरीले बताए । सो सामग्रीहरु कोरोनाको सभावित खतराबाट जोगाउन सहयोग पुर्याउने उद्धेश्यले प्रदान गरिएको उनको भनाइ छ ।

सामाग्री ग्रहण गर्दै स्थानीय तहका प्रमुखहरुले सामाजिक बिकासका लागि सचेत समाज (सिएसएसडी), बालकल्याण संघ , दिगो बिकास र वाल्डभिजनले सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्