शंकर ग्रुपका संचालक सुलभ अग्रवाल पुन: पक्राउ, सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धान हुने

काठमाडौं – शंकर ग्रुपका संचालक सुलभ अग्रवाल पुन पक्राउ परेका छन् । कालोबजारी सम्बन्धी मुद्धामा काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भए लगत्तै उनी पुनः पक्राउ परेका हुन् ।

अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनेवित्तिकै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको छ ।

उनीमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । अग्रवाललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाइने उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्