मध्यपुर थिमी नगरपालिका वडा नं. ७ ले सामुहकि मेसमा खाना खुवाउने

निरज बाडे
भक्तपुर –मध्यपुर थिमि नगरपालिका वडा नं. ७ ले मंगलबारदेखि सामुहिक मेसमा खाना खुवाउने भएको छ ।
अति विपन्न र पैदलयाहरुलाई वडा कार्यालयले शुभश्री बैक्वेट, सिद्धिकालीमा सामुहिक रुपमा खाना खुवाउने योजना बनाएको वडा अध्यक्ष कृष्ण कुमार प्रजापतिले जानकारी दिए । जनताको सबै भन्दा नजिकको सरकार स्थानीय सरकार भएकाले सबैको पीडा बुझेर वडा कार्यालयले सामुहिक रुपमा खाना खुवाउने निर्णय गरेको वडा अध्यक्ष प्रजापतिले जानकारी दिए ।

यस अघि पहिलो चरणमा तथ्याङ्क संकलन गरि असाहय, विपन्न, अपाङ्ग, र अति विपन्न स्थानीयहरुलाई लाई वडा कार्यालयले राहत वितरण गरिसकेको छ । कोरोना माहामारीका कारण देशभरी लकडाउनले बिहान बेलुका छाक टार्न समस्या भएका ६ सय भन्दा बढी परिवारलाई वडाले राहत वितरण गरेको अध्यक्ष प्रजापतीले जानकारी दिए । राहत विरतणमा स्थानीय युवाहरु सक्रिय भुमिका निर्वाह गरेका थिए । लकडाउन सँगै बन्द भएको नगदेशको गार्चा तरकारी बजार पनि साेमबारबाट पुर्ववतरुपमा संचालनमा आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्