पुर्वसचिव उपाध्यायलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठामाडौँको आदेश

काठमाडौं – साइबर क्राइम अभियोगमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्यायलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

सोमबार अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले उपाध्यायलाई २५ हजार धरौटीमा छाड्न आदेश दिएको हो ।

वैशाख १० मा सामाजिक सञ्जालमा सरकारविरुद्ध जथाभावी लेखेको आरोपमा पक्राउ परेका उनलाई साइबर क्राइमको मुद्दा दर्ता गरिएको थियो । सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालत काठमाडौंमा उनीविरुद्ध साइबर क्राइमको मुद्दा दर्ता गराउँदै ५ वर्ष कैद सजाय मागदावी गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्