बालुवाटार छलफल पछि ओली र नेपाल पक्षका नेताहरुबीच कोटेश्वरमा छलफल जारी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने तयारी तीव्र भइरहेका बेला ओली र माधव कुमार नेपाल बीच सोमबार पुनः छलफल भएको हो ।

ओली र नेपालबीच एक्लाएक्लै कुराकानीपछि दुवैतर्फका नेताहरु संवादमा जुटेका छन् । ओली पक्षका चार नेता र नेपाल पक्षका चार नेताबीच नेपाल निवास कोटेश्वरमा छलफल शुरु भएको छ ।

ओलीले नेपाल पक्षसँग वार्ता गर्न ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवालीलाई जिम्मा दिएका छन् । नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेता सहभागी रहेको नेकपा स्रोतले जनाएको छ ।

नेपाल पक्षले ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्नुपर्ने भनेको छ । त्यस्तै एक व्यक्ति एक पदको अवधारणाअनुसार तलदेखिकै जिम्मेवारीमा हेरफेर हुनुपर्ने मागसमेत नेपाल पक्षले गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्