मन्डेकाजीको नेतृत्वमा कौशलटारमा ‘द आर्ट अफ लिभिङ नेपाल च्याप्टर’ले १ हजार थान खाजा बाड्यो,

निरज बाडे
भक्तपुर – पुर्व सांसद विमल केडियाको संयोजकत्वमा द आर्ट अफ लिभिङ नेपाल च्याप्टरले १ हजार थान खाजा वितरण गरेको छ ।
मंगलबार भक्तपुरको कौशलटारमा पैदलयात्री र ज्यला मजदुरी गरी दैनिक गुजारा चलाउनेहरुलाई १ हजार थान खाजा र १ हजार मिनिरल वाटर वितरण गरिएको राष्ट्रिय कराते खेलाडी मन्डे काजी श्रेष्ठले जानकारी दिए ।

हरेक ठाउँमा राजनीतिकरणलाई अन्त्य नगरेसम्म सहि मार्गमा जान नसकिने र सबै युवाहरुले राजनीतिक स्वार्थभन्दा माथि उठेर समाजसेवा गर्नुपर्ने पूर्व सांसद केडियाले बताए । उनले भक्तपुरका युवाहरुको खुलेर प्रसंसा समेत गरे । द आर्ट अफ लिभिङ नेपाल च्याप्टरले देशभरी २५ हजार थान खाजा बाड्ने लक्ष्य राखेको छ । खाद्यान्न सँगै च्याप्टरले स्वास्थ्य सामाग्री समेत उपलब्ध गराउँदै आएको छ । च्याप्टरले सोमबार कर्णाली प्रदेश सरकारलाई १० वटा थर्मल गन उपलब्ध गराएको केडियाले बताए ।

वेभ ग्रुपका उपाध्यक्ष राजु कुटूले अरु क्षेत्रको भन्दा यस क्षेत्रका युवाहरु कोरोना माहामारीको समयमा पनि समाज सेवामा सक्रियरुपमा लागिरहको बताए ।

वेभ ग्रुपका अध्यक्ष एवं हनुमन्ते सफाई अभियानका अभियान्ता नरेश रञ्जितले दशभरी लकडाउनका कारण समस्यामा परेका मजदुर वर्ग र अति विपन्न वर्गका मानिसहरुलाई सहयोग गरेकोमा नगरपालिका, च्याप्टर र पुर्व सांसद केडियालाई धन्यावाद दिए ।

राहत वितरण तथा उद्धार कार्यमा स्थानीय युवाहरुले निरन्तर सहयोग गरिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्