मध्यपुर थिमी नगरपालिकामा अनुगमन सहित दोस्रो चरणको राहत वितरण

निरज बाडे
भक्तपुर – मध्यपुर थिमि नगरपालकिाका उप प्रमुख अन्जना मधिकर्मीले दोस्रो चरणको राहत वितरणको अनुगमन गरेकी छिन् । आइतबार नगरपालिकाले दोस्रो चरणको राहत वितरण गरेको हो । नगरपालिकाले बैशाख ९ गते दोस्रो चरणको राहत वितरण गर्ने निर्णय गरेको थियो । नगरपालिकाले पहिलो चरणमा साढे ७ हजार भन्दा बढि विपन्न पविारलाइ राहत वितरण गरको उपप्रमुख मधिकर्मीले बताइन् ।

नगरपालिकाको निर्णय अनुसार मध्यपुर नगरापालिका वडा नं. २ स्वयंसेवक परिचालन गरि घर, टहरा, छाप्रो छाप्रोमा गई दाल, चामलको अवस्था हेर्दै तथ्याङ्क संकलन गरिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं. २ का अध्यक्ष राम थापा मगरले बताए ।

पहिलो चरणको राहत वितरणमा ७ हजार ५ सय २८ परिवारका लागि ७४ लाख ४८ हजार ४ सय ४९ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ । दोस्रो चरणको राहतमा सामुहिक मेस र अति बिपन्नलाइ राहत घर–घरमा राहत पुर्याउने नगरप्रमुख मदनसुन्दर श्रेष्ठले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्