भारतीय पक्षले अनुमित नदिदा नेपालीहरुलाई स्वदेश फर्काउन समस्या, अझै एक हप्ता लाग्ने

दार्चुला – रोजगारीका लागि भारत गएकाहरू लकडाउनपछि स्वदेश फर्कन खोज्दा सीमाक्षेत्रमा रोकिएका नेपालीलाई स्वदेश फर्काउन अझै एक हप्ताको समय लाग्ने भएको छ । दार्चुला, बैतडी, बझाङलगायतका जिल्लाका एक महिनादेखि धार्चुलास्थित पाँचवटा क्वारेन्टाइनमा रहेका एक हजार एक सय नेपालीलाई स्वदेश फर्काउन भारतीय पक्षबाट अनुमति नपाउँदा ढिलाइ भएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताए ।

नेपाल सरकारले धार्चुलामा रहेका नेपालीको उद्धार गरेर स्वास्थ्य परीक्षणपश्चात् सम्बन्धित जिल्लाको जिम्मा लगाउने कुरामा सहमति जनाए पनि भारतीय पक्षले स्वास्थ्य परीक्षण नगरेरै क्वारेन्टाइनबाट छोड्न नमिल्ने भन्दै एक हप्ता समय मागेको उनले बताए । महाकालीमा ट्युब, तुइन तर्न पाएका, पौडी खेल्न र जङ्घार तर्न सक्ने झन्डै २ सय ५० जना नेपाली अवैध रूपमा दार्चुला भित्रिए पनि महाकाली पार गर्न नसकेका धार्चुलामै कष्टकर दिन बिताइरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्