कोरोनाको पहिलो केन्द्रविन्दु वुहान शहरका अस्पतालमा कोरोनाका विरामी नरहेको चीनको घोषणा

काठमाडौँ – चिनले वुहान शहरमा एउटा पनि कोरोनाका विरामी नरहेका घोषणा गरेको छ ।
कोरोना भाइरसको पहिलो केन्द्रविन्दु बनेको वहान शहरका अस्पतालमा कोरोनाको विरामी नभएको आइतबार चीनले घोषणा गरेको हो ।

वुहानको एक समुन्द्री खाना तथा मासु पसलबाट सुरु भएर कोरोना भाइरस चीन हुँदै संसारभर फैलिएको बताइन्छ । सुरुका कोरोना संक्रमित सोही मासुबजारसँग सम्बन्धित थिए ।

गत वर्षको डिसेम्बरमा पहिलोपटक कोभिड–१९ भनिने नोभल कोरोना भाइरस वुहानमा देखिएको थियो ।

तर वुहानमा शुक्रवार संक्रमणको कुनै लक्षण नदेखिएका २० नयाँ संक्रमित फेला परेका थिए । उनीहरूसँगै त्यहाँका शंकास्पद ५ सय ३५ विरामीलाई चिकित्सकिय निगरानीमा राखिएको छ । भाइरसले महामारीको रुप लिन थालेपछि सो शहरलाई चीन सरकारले ७६ दिन लकडाउनमा राखेको थियो । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्