लेकम गाउँपालिकाले आफ्ना नागरिकको उद्धार गर्न थाल्यो

दार्चुला – दार्चुलाको लेकम गाउँपालिकाले आफ्ना नागरिकहरुलाई उद्धार गर्न सुरु गरेको छ । विभिन्न कामको शिलशिलामा र पढाइको लागि कंचनपुर मा रहेका श्रमिक बिद्यार्थी लगायत अन्य गरि १ सय २५ जनालाइ घर पठाएको उद्धार कार्यमा संलग्न नेवि संघका विद्यार्थी नेता कृष्ण देव जोशीले जानकारी दिए । कचनपुरपुबाट ३ वटा बस बुकिङ गरि जम्मा १ सय २५ जनालाइ लेकम पठाएको नेपाल विद्यार्थी संघ कंचनपुरका उपाध्यक्ष इन्द्र साउदले बताए ।

गाउँपालिकाले काठमाडौ, धनगढी र देशका विभन्न ठाउँमा रहेको नागरिहरुलाई समेत उद्धार गर्ने भएको छ । घर आउन नचाहने र समस्या परेकालाई गाउँपालिकाले जनही २ हजारका दरले राहत उपलब्ध गराउने गाउँपालिका अध्यक्ष परमानन्द जोशीले उपहार खबरलाई जानकारी दिए ।

गाउँपालिकाको यो कार्यमा नेपाल विद्यार्थी संघ लेकम गाउँपालिकाका संयोजक शिवराज जोशी लगायतका विद्यार्थीहरुले सघाएका छन् । उनीहरुले काठमाडौँ धनगढी र महेन्द्रनगरमा रहेका लेकमका नगरिकहरुलाई सम्पर्क गरि गाउँपालिका पठाउन सहजीकरण गरेको गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्