विरगञ्जबाट डिस्चार्ज गरिएका तीन जना भारतीय मुस्लिम आयोगको जिम्मामा

वीरगञ्ज – वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड(१९) का थप ४ जना संक्रमित निको भएर आईतबार घर फर्किएका छन् । वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचाररत तीन जना भारतीय र १ जना नेपाली गरी चार जनालाई आईतबार डिस्चार्ज गरिएको हो ।
१ जना दिल्ली र २ जना उत्तर प्रदेश तीन जना भारतीयमा ३० चैतमा कोरोना संक्रमण पुष्टि भएहरुको उपचारपछि निको भएर घर फर्किएको डा. निरज कुमार सिंहले बताए । त्यस्तैगरी रौतहटको ईशनाथ गाँऊपालिकाका १ जना उपचारपछि निको भएर फर्किएका उनले बताए ।

भारतीय नागरिकहरु मुस्लिम समुदायका भएका र छपकैया स्थित मस्जिदमा बस्दै आएको अवस्थामा कोरोना संक्रमित प्रमाणित भई उपचारगरी निको भएकाले उनीहरुलाई मुस्लिम आयोगका सदस्यले जिम्मा लिनेगरी डिस्चार्ज गरिएको र आयोगका सदस्यले उनीहरुलाई छपकैयास्थित एक घरमा राख्ने बताएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए ।

निको भएका अर्का रौतहटका १९ वर्षीय एक युवकलाई उनको अभिभावकको जिम्मा लगाईएको र उनी एम्बुलेन्समा चढेर आजै आफ्नो घर तर्फ गएका छन् ।
उपचापछि निको हुनेमा दिल्लीका मोहम्मद यूसुफ उत्तर प्रदेशका मोहम्मद नुर महमद र मोहम्मद ईब्राईम रहेका छन् भने रौतहटको ईशनाथ गाँऊपालिका बच्चु अंसारी रहेका छन् ।
हालसम्म नेपालमा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ त्यसमध्ये ३६ जना उपचाररत छन् भने १६ जना निको भएर घर फर्किसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्