वैवाहिक बन्धनमा बाँधिए एलिना र विष्णु

काठमाडौँ – गायिका एलिना चौहान प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिएकी छन् ।  उनले बुधबार लामो समयदेखि प्रेमी रहेका सापकोटासँग परम्परागत रुपमा विवाह बन्धनमा बाधिएकी हुन् ।

एलिना र विष्णुको विवाह समारोह झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा भएको हो । बाग्लुङ निवासी विष्णु विवाहका लागि जन्तीसहित मंगलबार नै झापा पुगेका थिए । विष्णु केही समयदेखि अस्ट्रेलिया बस्दै आएका छन् भने लिना नेपालमै गायनमा सक्रिय रहेकी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्