अल्लु अर्जुनको पुष्पा- २ को टिजर रिलिज

काठमाडौं – साउथ सुपरस्टार अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म  ‘पुष्पा २: द रुल’ को टिजर रिलिज भएको छ । आफ्नो ४२औं जन्मदिनको अवसर पारेर अल्लु अर्जुनले टिजर रिलिज गरेका हुन् ।

यो टिजर हेरेर फ्यानमा फिल्म छिट्टै रिलिज हुनेमा फरक उत्साह पैदा भएको छ । त्यसपछि मात्रै फिल्मको रिलिज मिति सार्वजनिक भएको हो ।फिल्म पुष्पाको पहिलो टिजरमा पुष्पा २ को झलक देखाइएको थियो, जुन दर्शकको मन जित्न निकै सफल भएको थियो । चलचित्र ‘पुष्पा २: द रुल’ यसै वर्षको अगस्ट १५ मा रिलिज हुँदैछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्