भोटेकोशी गाउँपालिकामा आरडीटी परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

सुशील सुवेदी
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा गरिएको आरडीटी परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिका भित्रका विभिन्न वडाका शंकास्पद व्यक्तिको रÞ्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) विधिबाट गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । मंगलबार आरडीटी विधिबाट २० जनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए । छिमेकी मुलुक भारत लगायत तेस्रो मुलकबाट आएका गाउँपालिका भित्रका २० जना पुरुष तथा महिलाको आरडीटी परीक्षण गरिएको हो ।

गाउँपालिका अध्यक्ष पौडेलका अनुसार भारत, दुबई, टर्की, इराक, बहराईन लगायत मुलुकबाट गाउँपालिका भित्रिएका व्यक्तिको आरडीटी परीक्षण गरिएको हो । यस्तै, चेक पोष्ट सुरक्षामा खटिएका एक जनपद प्रहरी, एम्बुलेन्स ड्राइभर लगायतको पनि परीक्षण गरिएको थियो । गाउँपालिका भित्रिनेमा सबै भन्दा बढी भारतबाट आउनेहरु रहेको उनले बताए ।

नमाज पढ्नेको आरडीटी परीक्षण

यता मेलम्चीमा रहेको जमा मस्जिदमा नमाज पढ्ने १४ जनाको आरडिटी परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ । साथै उनिहरुलाई सुरक्षित रहन चिकित्सकले सुझाव दिईएका छन् । त्यस्तै जुगल गाउँपालिकामा आरडीटी परीक्षण पोजिटिभ देखिएको व्यक्तिको पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्