थप २ जना कोरोना संक्रमित निको भएर घर फर्किए, निको हुनेको संख्या ७ पुग्यो

काठमाडौं – आज थप दुईजना कोराना स्रक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरानाबाट निको हुनेको सङ्ख्या ७ पुगेको छ । यसअघि पाँच जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

बुधबार टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरका ४० वर्षीय पुरुष निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

निको भएका धादिङका युवकलाई चैत्र १२ गते कञ्चनपुरको बेदकोट नगरपालिकाका इन्द्रबहादुर विकलाई चैत्र २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्