श्रीलंकाले चार्टर्ड उडान गरि विद्यार्थीहरुलाई स्वदेश लैजान थाल्यो

काठमाडौं – श्रींलकांले नेपालसहित भारत र पाकिस्तानमा रोकिएका आफ्ना विद्यार्थीहरुलाई चार्टर्ड उडान गरी स्वदेश फिर्ता लैजान थालेको छ ।श्रीलंकन विदेश मन्त्रालयले विदेशमा फसेका आफ्ना विद्यार्थीको उद्धार गर्ने नीतिअनुसार यी तीन मुलुकमा विशेष उडानको व्यवस्थापन मिलाएको हो । यसअघि अन्य मुलुकमा फसेका आफ्ना नागरिकलाई फिर्ता लैजान श्रीलंकाले विशेष उडान गरिसकेको छ । त्यसमध्ये चीनको बुहानबाट समेत श्रीलंकाले विद्यार्थीलाई फिर्ता लगेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्