विपत्तिको बेलामा सामाजिक उत्तरदायित्वमा जुट्याे नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च

काठमाडौँ – नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चले आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् ।
बुधबार काठमडौँको नयाँ बानेश्वरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कारोना भाइरुसको महामारीका कारण वर्तमान अवस्थामा रगतको अभावमा कसैले पनि मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यका साथ कार्यक्रमको अयोजना गरिएको मञ्चका अध्यक्ष गणेश प्रसाद लकान्द्रीले उपहार खबरलाई जानकारी दिए ।
कार्यक्रममा ६३ जना सहभागि भए पनि ४५ जनाले रक्तदान गरेको अध्यक्ष लकान्द्रीले बताए । विगत दिनहरुमा पनि मञ्चले यस्ता किसिमका विभिन्न साजिक उत्तर दायित्वका कार्यहरु गर्दै आइरहेकोको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्