अर्किड कपको पाँचौ दिन: नेक्सस स्कुल, माउण्ट सेब, ब्रह्मकुञ्ज र श्रमशिल विद्यापिठ विजयी

काठमाडौँ – आठौँ अर्किड कप जुनियर फुटवल प्रतियोगिता २०८० को आज पाँचौ दिन चार खेल सम्पन्न भएका छन् । पहिलो खेल उज्वल तारा र नेक्सस स्कुलबीच भएको हो । जसमा उज्वल ताराले कुनै गोल गर्न सकेन भने नेक्सस स्कुलले ४ गोल गर्दै विजयी भएको छ । नेक्ससका जयसन कार्की र सुरज स्याङ्गटनले दुई गोल गरेका थिए । खेलमा उज्वल ताराका प्रासिस लामिछाने म्यान अफ द म्याच भए ।

यस्तै आजै माउण्ट सेब स्कुल र युनाइटेड   युनिभर्सल एकेडेमी बीच भएका छ । जसमा खेल एक एक गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुट आउटबाट माउण्ट सेब विजयी भयो । जसमा ३–२ गोलको अन्तर रहेको थियो । युनाटेडका भुसाल लिम्बु भने म्यान अफ द म्याच घोषित भए ।

यस्तै आजै भएको तेस्रो खेल ब्रह्मकुञ्ज स्कुल र कौटिल्या स्कुल बीच भएको हो । जसमा कौटिल्यलाई १–० गोल अन्तरले पराजित गर्दै ब्रह्मकुञ्ज विजयी भएको छ । बह्मकुञ्जका राजदिप पण्डितले एक गोल गरेका थिए । कौटिल्यका अनिस खड्का म्यान अफ द म्याच भए ।

यस्तै आज भएको अन्तिम खेलमा श्रमशिल विद्यापिठ विजयी भएको छ । कौस्तुभ एकेडेमीलाई १–० गोलले पराजित गर्दै श्रमशिल विजयी भएको हो । कौस्तुभका रेयोण्ड भण्डारी म्यान अफ द म्याच भएका छन् ।

यो पनि पढ्नुहोस् ।

आठौँ अर्किड कप जुनियर फुटवल प्रतियोगिता २०८० अन्तर्गत आज ७ खेल सम्पन्न

आठौँ अर्किड कप : आजको खेलमा कौटिल्य, धर्मस्थली, युनाइटेड युनिभर्सल र नेक्सस् विजयी

आठौँ अर्किड कप जुनियर फुटवल: आज सात वटा खेल सम्पन्न

आठौँ अर्किड कप: उद्घाटन खेलमा गणेश हिमाल, सन्जय साही विद्यामन्दिर र बह्मकुञ्ज स्कुल विजयी

आठौँ अर्किड कप भव्यताका साथ उद्घाटन, आज तीन खेल हुदैँ

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्