आठौँ अर्किड कप जुनियर फुटवल: आज सात वटा खेल सम्पन्न

काठमाडौँ  – आठौँ अर्किड कप जुनियर फुटवल प्रतियोगिता २०८० अन्तर्गत आज सात खेल भएका छन् । जसमा पहिलो खेल विद्या विकास र गोल्डेन वड विच भएको हो । जसमा गोल्डेन वड २–१ गोल अन्तरले विजयी भएको छ । विद्या विकासका आविस चौलागाईले एक गोल गरे भने गोल्डेन वडका विसान्त चौलागाईले एक र जेम्स कार्कीले एक गोल गरेर खेललाई आफ्नो पोल्टामा ल्याउन सफल भए । विद्याविसका आषिस चौलागाई म्यान अफ द म्याच घोषित भए ।

यस्तै दोस्रो खेल अर्किड स्कुल र मोनास्टीक पब्लिक स्कुलविच भएको छ । जसमा अर्किड ४–१ गोलले विजयी भएको छ । अर्किडका निश्चल श्रेष्ठले एक गोल, प्रज्वल कोइरालाले एक गोल, सगुन श्रेष्ठले एक गोल र विसाज खत्रीले एक गोल गरेर जित्न सफल भए भने मोनाष्टिकका प्रदिप श्रेष्ठले एक गोल मात्रै गर्न सके । मोनाष्टिक स्कुलका प्रदिप श्रेष्ठ म्यान अफ द म्यान घोषित भए ।

यसैगरी तेस्रो खेल ग्लोबल स्कुल र बाल गिताञ्जलीबिच भएको छ । जसमा अमित परियारले २ गोल गर्दै बाल गिताञ्जलीलाई जिताउन सफल भए । यस्तै ग्लोबलका सुसान्त तिवारीले एक गोल गरे । ग्लोबलका सुसान्त तिवारी म्यान अफ द म्याच घोषित भए ।

आजै भएको चौथो खेलमा कौस्तुभ एकेडेमी विजयी भएको छ । मनाङ्क प्याराडाइजलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । जसमा कस्तुपका रियन भण्डारीले गोल गरेका थिए । म्यान अफ द म्याच भने मनाङ्कका दिपेन्द्र खड्का भएका छन् ।

यसैगरी आजै भएको पाँचौ खेल विनायक स्कुल र माउण्ट सेब स्कुलबीच भएको हो । खेल १–१ को बाराबरीमा गएपनि टाइब्रेकरमा माउण्ट सेव विजयी भएको छ । विनायक स्कुलका लाक्पा साङ्गे म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै छौटौ खेलमा त्रि ज्योति स्कुल कपन विजयी भएको छ। हाइली क्रियटिभलाई १–० गोलले पराजित गर्दै विजयी भएको हो । रुमित तामाङको एक गोलले खेललाई आफ्नो पोल्टामा पारे । हाइली क्रियटिभका आशिष बुढाथोकी म्यान अफ द म्याच घोषित भए ।

आजै भएको सातौँ खेल अर्थात अन्तिम खेल निर्मल ज्योती स्कुल र विद्यावाणी स्कुलबिच भएको हो । निर्मलका सागर मगरको दुई गोल र विद्यावाणीका नारन भुर्तेलर आसम गिरीको एक एक गोलले खेल पेनाल्टी सुट आउटमा गएको हो । जसमा निर्मल ज्योति विजयी भएको छ । विद्यावाणीका श्रीयान भट्टराई म्यान अफ द म्याच घोषित भए ।

यो पनि पढ्नुहोस् ।

आठौँ अर्किड कप: उद्घाटन खेलमा गणेश हिमाल, सन्जय साही विद्यामन्दिर र बह्मकुञ्ज स्कुल विजयी

आठौँ अर्किड कप भव्यताका साथ उद्घाटन, आज तीन खेल हुदैँ

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्