आठौँ अर्किड कप: उद्घाटन खेलमा गणेश हिमाल, सन्जय साही विद्यामन्दिर र बह्मकुञ्ज स्कुल विजयी

काठमाडौँ  – आठौँ अर्किड कप जुनियर फुटवल प्रतियोगिता २०८० अन्तर्गत आज उद्घाटन समारोहका बिच ३ वटा खेलहरु सम्पन्न भएका छन् । पहिलो खेल भीमेश्वर एकेडेमी र गणेश हिमालबिच भएको थियो । जसमा दुबै टीमले १–१ गोल गरेपश्चात खेल टाइब्रेकरबाट गणेश हिमाल स्कुल विजयी भएको छ ।

यस्तै आजै भएको दोस्रो खेल सन्जय शाही विद्यामन्दिर भक्तपुर र एकलब्य शिक्षा सदनबीच भएको हो । जसमा सन्जय साही विद्यामन्दिर ६–२ गोल अन्तरले विजयी भएको छ ।

यस्तै आजको अन्तिम खेल बह्मकुञ्ज स्कुल र लाइसिय प्याराडाइजबीच भएको हो । जसमा बह्मकुञ्ज स्कुलले लाइसियम स्कुललाई २–० गोल अन्तरले पराजित गरेको छ ।

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं। ९ मा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुलको आयोजनामा हरेक बर्ष आयोजना हुने अर्किड कप फुटवल प्रतियोगिताको यस बर्ष आठौँ संस्करणको शुक्रबार उद्घाटन गरिएको छ । अर्किड स्कुलका निर्देशक प्रेम कुमार भुजेलको सभापतित्व, कोशी प्रदेशको पूर्व सभामुख बाबुराम गौतमको प्रमुख आतिथ्यता तथा कागेश्ररी मनोहरा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष अनिल थापाको विशिष्ट आतिथ्यतामा शुक्रबार अर्किड कपको उद्घाटन गरिएको हो ।

कार्यक्रममा नेशनल प्याब्सन काठमाडौँ जिल्ला समित अध्यक्ष अमृत कुमार खड्का, फिजमका सचिव सुनिल केसी खत्री लगायत विभिन्न स्कुलको संस्थापक, निर्देशक तथा प्रिन्सिपलको उपस्थिति रहेको थियो । यसैगरी प्याब्सन बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष मुरारी प्रकाश सञ्जेल, प्रहरी निरीक्षक श्याम कुमार कटवाल लगायतको उपस्थिति रहेको थियो ।

सेभेन ए साईड मार्फत खेलिने प्रतियोगिता फागुन १२ गतेसम्म चल्नेछ । प्रतियोगितामा उत्कृष्ट चार समुहलाई नगद, ट्रफि, मेडल सहित प्रमाणपत्रले सम्मान गरिनेछ । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र चौथो हुने विद्यालय टीमलाई क्रमशः ३० हजार, २० हजार, १५ हजार र १० हजार नगद प्रदान गरिनेछ ।

यो पनि पढ्नुहोस् ।

आठौँ अर्किड कप भव्यताका साथ उद्घाटन, आज तीन खेल हुदैँ

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्