आठौँ अर्किड कप भव्यताका साथ उद्घाटन, आज तीन खेल हुदैँ

काठमाडौँ  – अर्किड कप आठौ संस्करण आजबाट सुरु भएको छ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ मा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुलको आयोजनामा हरेक बर्ष आयोजना हुने अर्किड कप फुटवल प्रतियोगिताको यस बर्ष आठौँ संस्करणको शुक्रबार उद्घाटन गरिएको छ । अर्किड स्कुलका निर्देशक प्रेम कुमार भुजेलको सभापतित्व, कोशी प्रदेशको पूर्व सभामुख बाबुराम गाैतमको प्रमुख आतिथ्यता तथा कागेश्ररी मनोहरा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष अनिल थापाको विशिष्ट आतिथ्यतामा शुक्रबार अर्किड कपको उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाैतमले खेल एक अनुसाशन सिकाउने माध्यम भएकाले अनुशासित भएर खेल सम्पन्न गर्न खेलाडी भाइबहिनीहरुलाई आग्रह गर्नुभयो । साथै विशिष्ट अतिथि तथा वडाध्यक्ष थापाले कागेश्वरीमा खेल मैदानको अभाव रहेकाले छिट्टै फुटसलको व्यवस्था गर्न वडा कार्यालय सचेत रहेकोले यसको निर्माणमा जुटेको बताउनुभयो । साथै उक्त फुटसल सम्पन्न भएपश्चात सबै विद्यालयहरुले सहभागिता जनाउन सक्ने बताउनुभयो ।

कार्यक्रममा नेशनल प्याब्सन काठमाडाैँ जिल्ला समित अध्यक्ष अमृत कुमार खड्का, फिजमका सचिव सुनिल केसी खत्री लगायत विभिन्न स्कुलको संस्थापक, निर्देशक तथा प्रिन्सिपलको उपस्थिति रहेको थियो । यसैगरी अर्किड स्कुलका प्रिन्सिपल चोलेन्द्र बहादुर कार्कीले खेलाडीहरुलाई हाैसला प्रदान गर्नुका साथै इमान्दारितापूर्क खेल सम्पन्न गर्न आग्रह गर्नुभयो ।

प्रतियोगिता फागुन १२ गतेसम्म चल्नेछ ।  सेभेन ए साईड मार्फत खेलिने खेलमा कक्षा सातसम्मका १३ बर्ष ननाघेका विद्यार्थी सहभागी हुनेछन ।प्रतियोगितामा उत्कृष्ट चार समुहलाई नगद, ट्रफि, मेडल सहित प्रमाणपत्रले सम्मान गरिनेछ । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र चौथो हुने विद्यालय टीमलाई क्रमशः ३० हजार, २० हजार, १५ हजार र १० हजार नगद प्रदान गरिनेछ ।

आज उद्घाटन खेल तीन वटा हुने भएको छ । जसमा पहिलो खेल भीमेश्वर स्कुल र गणेश हिमालबिच भइरहेको छ भने अर्को खेल एकलब्य शिक्षा सदन र सन्जय शाही स्कुलबीच हुनेछ । यस्तै तेस्रो खेल ब्रह्मकुञ्ज स्कुल र लाइसियम स्कुलबीच हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्