शुक्लाफाँटा नगरपालिकाले माग्यो ९ जना नगर प्रहरीका लागि दरखास्त

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले नगर प्रहरीका लागि दरखास्त आह्वान गरेको छ ।  शुक्रवार एक सुचना जारी गर्दै करारमा नौ जना नगर प्रहरीका लागि दरखास्त माग गरेको हो । जसमा नगर प्रहरी सहायक निरीक्षक १ जना,नगर प्रहरी जवानमा खुलातर्फ ४,महिला २,आदिवासी जनजाती १ र दलित १ जनाका लागि आवेदन आह्वान गरेको हो ।

नगर प्रहरी सहायक निरीक्षकका लागि ४५ वर्ष ननाघेको र नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल,नेपाल सेवाको जवान वा सो भन्दा माथिल्लो पदमा कम्तिमा ५ वर्ष अनुभव भएको हुनुपर्ने छ । नगर प्रहरी जवानका लागि १८ वर्ष पुरा भई २३ वर्ष ननाघेको हुनुपर्नेछ भने न्यूनतम शैक्षिक योग्यता एसएलसी उत्तीर्ण भएको हुनुपर्नेछ ।

फागुन २३ गतेसम्म कार्यालय समयमा नगरपालिकामा आवेदन दिइसक्नुपर्ने छ । दोब्बर दस्तुर तिरेर फागुन ३० गतेसम्म आवेदन दिन सकिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्