नेपाल व्यापार संघको ३२ औँ साधारण सभा तथा बृहत बनभोज कार्यक्रम सम्पन्न

काठमाडाैं – नेपाल व्यापार संघको ३२ औँ साधारण सभा तथा बृहत बनभोज कार्यक्रम सम्पन्न भएको छ। शनिवार काठमाडौँेको चन्द्रागिरीमा रहेको स्वीजरल्याण्ड पार्कमा नेपाल व्यापार संघका केन्द्रिय अध्यक्ष हरि गौतमको सभापतित्व तथा नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य रामहरी खतिवडाको प्रमुख आतिथ्यता तथा प्रतिनिधि सभा सदस्य सोविता गौतमको विशिष्ट आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष गौतमले अध्यक्षको प्रतिवेदन पारित गर्नुभयो । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले व्यापारिको समस्या सामाधान गर्न र हरेक समस्यामा आवाज उठाउन आफु तयार रहेको धारणा राखेका थिए । यसैगरी उहाँले भन्सारको समस्या, सिमा क्षेत्रका समस्यामा व्यापारी परेको भन्दै सरकारको ध्यानाकर्षण समेत गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद खतिवडाले व्यापारीहरुको समस्या सामाधान गर्न आफु हरेक समय तयार रहेको बताउनुभयो । नेपाल अर्थतन्त्र चलायनमान बनाउन व्यापार संघको भूमिक अतुलनीय रहेकोले यसमा सरकारले समेत ध्यान दिने आश्वासन दिनुभयो । यस्तै सांसद गौतमले पनि व्यापारीहरुले पु¥याएको योगदानको सम्मान गर्नुभयो ।

यसैगरी आजै बृहत बनभोज समेत राखिएको थियो करिब एक हजार जना सहभागी रहेको उक्त कार्यक्रमा विभिन्न खेलकुद तथा रमाईलोका कार्यक्रम समेत राखिएका थिए । म्यूजिकल चियर र हाँडी फुटाउने कार्यक्रम समेत राखिएको थियो । जसमा विजेताहरुलाई सांसदहरुले सम्मान तथा पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रमा हालसम्मा गरेका गतिविध तथा निती कार्यक्रम सहितको अध्यक्षको प्रतिवेदन पारित,  महासचिव दिपक सापकोटाको प्रतिवेदन पारित, आयव्यय प्रस्तुत समेत गरिएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष कुमार कार्की, प्रथम उपाध्यक्ष गिरीराज पोखरेल, महिला उपाध्यक्ष द्वय पार्वती भट्ट र इन्दिरा लामिछाने, कोशी प्रदेश उपाध्यक्ष तेजप्रसाद आचार्य, बागमती प्रदे उपाध्यक्ष दुर्गा बहादुर गाैतम लगायत अन्य प्रदेश उपाध्यक्ष लगायत कार्यसमिति सदस्य, सल्लाहकार सदस्य, आजिवन सदस्य लगायत विभिन्न संस्थाका प्रतिनिधि, सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्