दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु

सांकेतिक तस्बिर

दार्चुला – दार्चुलामा भिरबाट  लडेर एक पुरुषको मृत्यु भएको छ।

जिल्लाको मार्मा गाउँपालिका–३ पारखडाका ३२ वर्षका जगतसिंह धामी सोही ठाउँ स्थित रिठाईनीको भिरमा शनिवार दिउँसो मृत अवस्थामा फेला परेका थिए। धामीको सुनचन्ना भन्ने ठाउँबाट घर फर्कदै गर्दा उक्त भिरमा लडेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लटिनाथले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्