आठौँ अर्किड कप जुनियर फुटवल प्रतियोगिता २०८० अन्तर्गत आज ७ खेल सम्पन्न

काठमाडौँ – आठौँ अर्किड कप जुनियर फुटवल प्रतियोगिता २०८० अन्तर्गत आज ७ खेल भएका छन् । पहिलो खेलमा गेट वे स्कुल विजयी भएको छ । अर्किड प्युपल ए टिमलाई ३–० गोल अन्तरले पराजित गर्दै गेटवे विजयी भएको हो । जसमा अर्किडका कोप्रित गौतम म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा एपेक्स लाइफ स्कुल विजयी भएको छ । एम्स स्कुललाई २–१ गोलले पराजित गर्दै विजयी भएको हो । एम्सका विराट भण्डारी म्यान अफ द म्याच घोषित भए ।

यसैगरी तेस्रो खेलमा अक्षरिका स्कुल विजयी भएको छ । बालबाटिका स्कुललाई ४–० गोल अन्तरले पराजित गर्दै अक्षरिका विजयी भएको हो । जसमा बालबाटिकाका सोहम गिरी म्यान अफ द म्याच घोषित भए ।

यस्तै आजै भएको चौथो खेलमा श्रमशिल विद्यापिठ विजयी भएको छ । ग्रामर स्कुललाई १–० गोल अन्तरले पारजित गर्दै श्रमशिल विजयी भएको हो । म्यान अफ द म्याच भने ग्रामर स्कुलका सुवोहाङ राई भए पाँचौ खेल अर्किड स्कुल बी समुह र मिलन धर्मस्थलीबीच भएको हो । खेल ३–३ गोलको बराबरीमा गएपछि टाई ब्रेकरबाट ४–३ गोल अन्तरले मिलन धर्मस्थली विजयी भएको छ । अर्किडका प्रज्वल कोइराला म्यान अफ द म्याच घोषित भए ।

आजै भएको छौटौँ खेलमा कौटिल्य स्कुल विजयी भएको छ । खेल एक एक गोलको बराबरीमा गएपछि टाई ब्रेकरमा निर्मल ज्योति स्कुललाई ५–३ को अन्तरले हराउदैँ कौटिल्य विजयी भएको हो । यस्तै आजै भएको अन्तिम खेलमा त्रि–ज्योति कपन विजयी भएको छ । बेष्ट ग्रुप भिजन स्कुललाई ३–० गोल अन्तरले पराजित गर्दै त्रिज्योति विजयी भएको हो । जसमा बेष्ट ग्रुपका सुजल कार्की म्यान अफ द म्याच घोषित भए ।

यो पनि पढ्नुहोस् ।

आठौँ अर्किड कप : आजको खेलमा कौटिल्य, धर्मस्थली, युनाइटेड युनिभर्सल र नेक्सस् विजयी

आठौँ अर्किड कप जुनियर फुटवल: आज सात वटा खेल सम्पन्न

आठौँ अर्किड कप: उद्घाटन खेलमा गणेश हिमाल, सन्जय साही विद्यामन्दिर र बह्मकुञ्ज स्कुल विजयी

आठौँ अर्किड कप भव्यताका साथ उद्घाटन, आज तीन खेल हुदैँ

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्