नेकपा एमाले लेकमको अध्यक्षमा पुष्पराज जोशी र सचिवमा पदमराज जोशी चयन

दार्चुला – दार्चुलाको लेकम गाउँपालिकामा नेकपा (एमाले) को अध्यक्षमा पुन:  पुष्पराज जोशी दोहरिएका छन् ।  दोस्रो पालिका अधिवेशनबाट पुष्पराज जोशीको अध्यक्षतामा ३९ सदस्यीय कमिटी निर्वाचित भएको हो ।

उपाध्यक्षमा सुशीला अवस्थी, सचिवमा पदमराज जोशी, उपसचिवमा गणेश बिष्ट र अनिता जोशी निर्वाचित भएका छन् ।

अध्यक्ष जोशी गत स्थानीय तहको निर्वाचन २०७९ मा लेकम ४ बाट पराजित भएका थिए भने सचिव जोशी पूर्व वडा सदस्य समेत रहेका थिए ।

अधिवेशनमा एमाले जिल्ला इन्चार्ज सहदेब बोगटी, जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती, जिल्ला उपाध्यक्ष एबं लेकम इन्चार्ज परमानन्द जोशी, सचिव उमेश जोशी, उपसचिव कर्णबहादुर खडायत र कमला पन्त बिष्ट, प्रदेश कमिटी पूर्व सचिवालय सदस्य हरदेब जोशी, पूर्व जिल्ला कमिटी अध्यक्ष प्रेमसिंह धामी लगायत नेताहरूको आतिथ्यता रहेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्