सुदूरपश्चिमेली भाषाको चलचित्र ‘डबल ण’ बजारमा ल्याउने तयारी, चलचित्रको गीत भने सार्वजिनक

काठमाडाैं – सुदूरपश्चिमको भाषा, कला तथा संस्कृति जगेर्ना गर्नका लागि आहोरात्र खटिएका गायक, सर्जक, लेखक तथा कलाकार भानुभक्त जोशीले फेरि सुदूरपश्चिमेली भाषाको चलचित्र बजारमा ल्याउने भएका छन । यसअघि पनि एउटा चलचित्र बजारमा ल्याइसकेका उनले फेरी अर्को चलचित्र बजारमा ल्याउने तयारीमा रहेका छन् ।

२ घण्टा अवधिको उक्त चलचित्रमा २ सय ७५ जना कलाकारले साथ दिएका छन सुदूरपश्चिमकै पर्यटकीय धार्मिक स्थलहरुमा छायांकन गरिएको छ । उक्त चलचित्र ‘ण’ को गित समेत जोशीले आफ्नै युट्युब च्यानल निरन्तर मिडिया सार्वजिनक गरिसकेका छन् ।

सकेसम्म सुदूरपश्चिमका सम्पुर्ण सांसदहरुलाइ एकैठाउमा राखी पहिलो प्रदर्शन गर्ने तयारी रहेको जोशी बताउछन । गायक लेखक तथा निर्देशक जोशी निर्माता तथा निर्देशकका साथै मुख्य भुमिका रहेको ‘ण’ चलचित्रको कथा भने सौगात ओझाले लेखेका छन ।

हिमाल डेन्टल हस्पिटल र भोजराज जोशी क्वालिटी कार्यकारी निर्माता रहेको चलचित्रमा भोज राज जोशी, सौगात ओझा , पदम भास्कर जोशी, नरेश जोशी, डोट्याल बड्डो , मदन भण्डारी, ज्योती धामी , जुना पान्डे, प्रकाश बिष्ट, राकेस भट्ट, स्टार कठायत लगायतका कलाकारको मुख्य भुमिका रहेको निर्देशक जोशी बताउछन ।

डोटेली भाषाको कमेडीका जन्मदाता तथा डोटेली कमेडिमा एकछत्र राज गरेका जोशी विभिन्न बिधामा सक्रिय रहेका छन । देउडा गितका उत्कृष्ट रचनाकारका रुपमा चिनिएका जोशी साहित्यकार पनि हुन उनले स्नातकोत्तर अध्यनको क्रममा ३ वटा पुस्तक पनि लेखेका थिए । आज भन्दा ४ बर्ष पहिला ‘ण’ चलचित्र सुदूरपश्चिममा निकै लोकप्रिय बनेको थियो ।

त्यसै प्रेरणाले आज डबल ण पनि निर्माण गर्न सफल भएको उनको भनाइ छ । अमित बि क ले छायांकन गरेको यो डबल ण मा हिम्मत पाठकले ड्रोन समालेका छन । गलतको खुलेर बिरोध गर्ने निडर राष्टभक्त कलाकारको रुपमा चिनिएका जोशी सुदूरपश्चिमको कला धर्म संकृती मै जीवन समर्पित रहेको बताउछन ।

समाजमा रहेका विकृती बिसङ्गती राजनैतिक गतिविधि भ्रष्टाचार तथा संस्कृती प्रतिको विकृती लाई लक्षित गर्दै निर्माण गरिएको चलचित्र को गितमा भुवन प्रकाश बडुले स्वर दिएका छन भने गीको सृजना निर्देशक जोशी आफैले गरेक हुन । दिपेस ठगुन्नाले छायांकन गरेको गितको सम्पादन भने ललित साउदले गरेका छन । दिनेश मुस्कानले रङ भरेका छ्न भानुभक्त ,भोजराज , नरेस, निर्मला, तुलसी लगायतका कलाकार ले अभिनयको भुमिका निर्वाह गरिको गितको पुर्ण रुप भने फिल्म भित्रै हेर्न पाइने निर्देसक जोशी बताउछ्न ।

डोटेली भाषाको चलचित्र कालखण्डमा २ बर्ष समय लगाएर निर्माण गरिएको चलचित्र ऐतिहासिक चलचित्र बन्ने जोशीको दाबी छ । सम्पुर्ण कलाकारको बराबरी भुमिका रहेको उक्त चलचित्रमा मुख्य नायक स्वयम् जोशी र खलनायकको मुख्य भुमिका भने पदम भास्कर जोशीको रहेको बताउछन । चलचित्रले समाज परिवर्तन संगै सबैको मन मुटुमा बस्नेमा आफू बिस्वस्त रहेको निर्देसक जोशी बताउछन ।


यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्