पूर्णिमा लामा र देवराज आचार्यको ‘तिमी र म’ सार्वजनिक

काठमाडाैं – गायिका पूर्णिमा लामा र देवराज आचार्यको संयुक्त आवाजमा निकै नै मिठाे आधुनिक गीति एल्बम ‘तिमी र म’  मात्र सार्वजनिक भएको छ ।

करिब पाँच सय गीतमा आवाज भरिसकेकी गायिका लामा र उदाउँदै गरेका देवराज आचार्यको संयुक्त आवाजमा ‘तिमी र म’  बोलको आधुनिक गीति एल्बम सार्वजनिक गरिएको हो ।

उक्त आधुनिक गीति एल्बममा वरिष्ठ संगीतकार शक्ति बल्लभको संगीत रहेको छ भने शब्द हिक्मत बुढाथोकी (प्रेम) को रहेको छ । जसमा संगीत संयोजन राकेस सोनीले गरेका हुन् । स्वय‌ं गायक देवराज आचार्य, मिना सुवेदी, गंगा देवी ढुंगानाको अभिनय रहेको उक्त गीतकाे भिडियाेकाे छाया‌ङ्कन रेशम दर्लामीले गरेका हुन भने दृश्य सम्पादन पदम सुवेदीले गरेका हुन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्