भारतमा कोरोनाका लागि गम्भिर मानिएका ६ ठाउँ कुन–कुन हुन् ?

काठमाडौँ – भारतको केन्द्रीय सरकारले सोमबार देशका केही भागमा कोरोना संक्रमणको अवस्था गम्भीर रहेको बताएको छ ।

केन्द्रीय गृह मन्त्रालयले राज्यहरुलाई पठाएको पत्रमा भनिएको छ, “मुम्बई, पुणे, इन्दौर, जयपुर, कोलकाता र पश्चिम बंगालको अवस्था एकदम गम्भीर छ र यस्तो लकडाउन उल्लंघनले कोरोना भाइरस फैलाउने जोखिम बढाउँदैछ।”

देशका विभिन्न भागहरुमा स्वास्थ्यकर्मीहरू र फ्रन्टलाइन कामदारहरूसँग हिंसाका घटनाहरू देखिएका छन् । स्वास्थ्य मन्त्रालयले यो तुरुन्त रोक्न भनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्