कोरोना महामारीमा गुगलले दैनिक १ करोड ८० लाख ‘फिसिङ्ग इमेल’ रोक्दै

काठमाडौँ – इन्टरनेटमा ठगीको लागि सजिलो पीडितको खोजीमा रहेका ठगहरूले कोभिड–१९ को महामारीको बारेमा जीमेल प्रयोगकर्तालाई दिनदिनै एक करोड ८० लाख ईमेल पठाउँदै छन् ।

कोरोना भाइरस महामारीको कारण, विश्वभर मा ’फिसिङ्ग अटेक’ को बाढी आएको टेक्नोलोजी कम्पनी गुगलले जनाएको छ ।

’फिसिङ्ग’ ’इन्टरनेटमा ठगी गर्ने एक विधि हो जसमा अपराधीहरूले ईमेलको माध्यमबाट प्रयोगकर्ताहरूलाई ट्रिक गरेर पासवर्ड, क्रेडिट कार्ड विवरणहरू जस्ता निजी जानकारी प्राप्त गर्न प्रयास गर्छन् ।

गुगलले हरेक दिन १० करोड ’फिशिंग ईमेलहरू’ रोकिरहेको छ । पछिल्लो हप्ताको दौरान, यी ईमेलहरू मध्ये २० प्रतिशत केवल कोरोना भाइरससँग सम्बन्धित थिए ।

विश्वका डेढ अरब मानिसहरूले गुगलको जीमेल सेवा प्रयोग गर्छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्