नयाँ प्रतिभा चिनाउदैँ गायक भानुभक्त जोशी, “मुटुकी टुकुरी” बोलको गीत सार्वजनिक

काठमाडाैं – गायक भानुभक्त जोशीको “मुटुकी टुकुरी” बोलको गीत सार्वजनिक भएको छ । गीत निरन्तर मिडियाको आधिकारिका युट्युब च्यानलबाट आज सार्वजिनक गरिएको हो । गीतलाई सुमधुरता प्रदान गर्न गायक जोशीले सिता पुजाराको साथमा स्वर दिएका छन् ।

भानुभक्त जोशी निर्देशित उक्त भिडियोमा भोजराज जोशी र निर्मला महराले अभिनय गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश महामन्त्री समेत रहेका भोजराज जोशीले यस गीतमा अभिनय गरेका हुन् ।

गीतलाई दिपेश ठगुन्नाले छायांकन गरेका छन् भने विनोद बमले सम्पादन गरेका छन् । उक्त भिडियोलाई निरन्तर मिडिया प्रा.लि.ले दृश्य निर्माण गरेका छन् ।

एक जोडीको मायाप्रेमसँगै पर्यटनलाई समेत जोडेर गितलाई अझ रोचक बनाएका छन् । गीतलाई भुवन बडूले एरेन्ज गरेका छन् । जीवन बडूले मिक्सिङ गरेको उक्त गीत विग एच डी स्टुडियोमा रेकर्ड गरिएको छ ।

सुदूरपश्चिमलाई देउडा मार्फत चिनाउनुका साथै गायक जोशीले सुदूरपश्चिमका नयाँ प्रतिभालाई चिनाउन समेत महत्वपूर्ण योगदान पुर्‍याएका छन् । कहिले आफुले सृजना गरेको शब्दमार्फत गायक गायिकाहरुलाई स्वरमार्फत चिनाउन योगदान दिए त कहिले आफुले स्वर दिएको गितमार्फत अभिनय गर्न लगाएर नयाँ प्रतिभालाई चिनाउन महत्वपूर्ण भूमिका खेले ।

सुदूरपश्चिमको माटोमा जन्मिएर सुदूरपश्चिमलाई गीत संगीतका साथै, लेख, रचना तथा टेलिसिरियल, चलचित्र मार्फत चिनाउन अहोरात्र खटिरहन्छन गायक भानुभक्त जोशी । जात्रा ,मेला, महोत्सवमा समेत देउडाका शब्दहरुलाई दर्शकमाझ फिजाएर एउटा सुदूरपश्चिमको पहिचान कायम गर्न सफल भएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्