गायक भानुभक्त जोशीको लय तथा शब्द रहेको “परशुराम धाम” गीत सार्वजनिक

काठमाडाैं – चर्चित देउडा गायक भानुभक्त जोशीको लय तथा शब्द रहेको “परशुराम धाम” गीत सार्वजनिक भएको छ । गायक जे आर भट्ट तथा गायिका गौरी भट्टको स्वरमा रहेको परशुराम धाम बोलको गीत हिजो शनिवार साँझ जे आर भट्ट नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

जीवन बडूले संगीत संयोजन गर्नुभएको छ भने उक्त गीत बीग परिवेश स्टुडियोमा रेकर्ड गरिएको हो । जे आर भट्ट र रोजी कुँवरको अभिनय रहेको उक्त गीतलाई पुष्प भट्टले छायांकन गर्नुभएको छ भने विष्णु खड्काले सम्पादन गरेको छ ।

जे आर भट्ट र पुष्प भट्टको निर्देशनमा रहेको उक्त गीत डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका जोगबुडामा रहेको प्रसिद्ध धाम परशुराम धामको बारेमा चर्चा परिचर्चा गरेको छ ।

धार्मिक महत्व, साँस्कृतिक तथा पर्यापर्यटनलाई लक्षित गरि तयार पारिएको भिडियो छोटो समयमा धेरैले रुचाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्