हेलम्बुमा २८ जनाकाे आरडीटी परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले पहिलो चरणमा गरेको आरडीटी परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिकाको वडा नम्बर ५ को सर्बोदय मा.वि. मा १८ र गाउँपालिकाकाे स्वास्थ्य कार्यालय किउलमा १० जनाको आरडीटी परीक्षण गरिएकोमा  सबै २८ जनाको रिपोर्ट नेगेटिभ आएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

६ जना क्वारेन्टाइनमा बसेका र २२ जना विदेशबाट आएकाको शुक्रबार आरडीटी परीक्षण गरिएको हो । ‘आज परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आयो’ अध्यक्ष शेर्पाले भने, ‘अब विदेशबाट आएका बाँकी १ जनाको आरडीटी परीक्षण अन्यत्र पठाएर तुरुन्तै गर्नेछौं ।’

क्वारेन्टाइनमा रहेका ६ जना भने काठमाडौमा बिरामी लिएर गएका मानिसहरु थिए । काठमाडौंबाट फर्किएका उनीहरुलाई दुई हप्ता क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुको आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि आजै उनीहरुलाई घर पठाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्