उदयपुरको एक मस्जिदमा लुकेर बसेका ८ जना भारतीय नागरिकमा कोरोना पोजेटिभ

विराटनगर – उदयपुरको मस्जिदमा लुकेर बसेका ८ जना भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको छ । त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका १० जना मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो ।

भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो ।

उनीहरुको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो । सबैको रिपोर्ट पोजेटिभ भेटिएको र रिपोर्ट मुख्यमन्त्री कार्यालय सँगै केन्द्रमा पठाएको प्रदेश १ को सामाजिक विकास मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
अन्नपूर्णपोष्टबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्