सरकारको संघीय संचित कोषमा राष्ट्रपति कार्यालयको ९ करोड ५० लाख

काठमाडौं – राष्ट्रपति कार्यालयले ९ करोड ५० लाख सरकारको संघीय संचित कोषमा जम्मा गरेको छ ।
शुक्रबार राष्ट्रपति कार्यालयले कोरोना रोकथाम तथा नियन्त्रणका निम्ति सरकारले खडा गरेको संघीय संचित कोषमा ९ करोड ५० लाख जम्मा गरेको छ।

कोरोना भाइरस (कोभिड–१९) का कारण विशेष परिस्थिति उत्पन्न भएकाले कार्यालयको विभिन्न शीर्षक अन्तरगत विनियोजित बजेटबाट उक्त रकम संचित कोषमा जम्मा गरिएको राष्ट्रिय कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्