मेलम्चीमा ३७ जनाको कोरोना परिक्षण सबैको रिपोर्ट नेगेटिभ

सुशील सुवेदी

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा बिदेश बाट फर्किएर होम क्वारेन्टाइनमा बसेका हरुको गरिएको र्यापिड टेस्टमा १९ जनामा सबैमा रिपोर्ट नेगेटिभ आएको छ। आज मेलम्ची नगरपालिका-११ मा १९ जनामा सबैमा रिपोर्ट नेगेटिभ आएको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर विनोद केसिले जानकारी दिए।

बुधबार मेलम्ची नगरपालिका वडा नम्बर -१२ मा ९ जनाको परिक्षण गरिएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको थियो । मंगलबार भोटेचौरमा ७ जनाको परिक्षण गरिएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको थियो । मेलम्ची नगरपालिकामा ४६ जना विदेशबाट आएका ब्यक्तिहरु रहेको नगरपालिकाको तथ्याङकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्