सुदूरपश्चिमको आर्थिक विकासका ७ सम्भावना र आधार

जगदीश चन्द्र मिश्र

सुदूरपश्चिम प्रदेश ७ वटा प्रदेश मध्ये एक प्रदेश हो जुन नेपाल को पश्चिमी क्षेत्र मा पर्दछ । सुदुरपश्चिम प्रदेश देशकै पिछिडिएको र आर्थिक सुचांकमा पछाडि परेको प्रदेश मानिन्छ ।
सुदूरपश्चिम प्रदेशमा जति समस्या छन् ति समस्या को समाधानको लागि अवसर पनि उच्च भएको देखिन्छ । सबैभन्दा मुख्य कुरा आर्थिक बिकासमा पछाडि परेको रोजगारीमा परनिरभर्ता रेहेको प्रदेशको आर्थिक बिकासको लागि बिभिन्न आधारहरु प्रदेशको भुगोल भित्र नै रहेका छन् तर कार्यान्वयन पक्ष भने चुनौतीपूर्ण छ ।
आर्थिक बिकासका सम्भावना र आधारहरु
१. कृषिमा आधुनिकीकरण
सुदूरपश्चिम प्रदेशका दुई तिहाइ जनता कृषिमा आधारित छन् र सोही अनुपातमा श्रम शक्ति पनि कृषिमा आबद्ध भएको अनुमान गर्न सकिन्छ । तर दुई तिहाइ श्रम शक्ति कृषिमा आधारित भएपनी त्यहाँ उत्पादन भएको कृषि जन्य सामाग्रीले ६ महिना पनि जिविकोपार्जन चल्दैन र खाद्यान्न पुग्ने अवस्था छैन । खाद्यान्न सामाग्रीहरु तराइका जिल्लाहरु बाट र भारतका नाकाहरु बाट आयत गरी जिबिकोपार्जन गर्ने गरेका छन् ।
त्यसैले कृषि क्षेत्रलाई परिवर्तन गर्न कृषिक्षेत्रमा आधुनिकीकरण नै सुदुर पश्चिम प्रदेश सरकार र स्थानिय सरकारहरुको प्रमुख प्राथमिकता हुनु पर्दछ । उत्पादनमा बृद्धि गरी कृषिको व्यवसायिकरण गर्ने, कृषिमा आयआर्जन सिर्जना गर्ने र भारतको रोजगारीमा भरपर्ने ब्यक्तिहरुमा कमी गर्दै लैजाने गर्नु पर्दछ ।
कृषि पेशालाई आकर्षणका रुपमा बिकास गर्न कृषि प्रबिधिमा लगाउने, उत्प्रेरणात्मक योजनाहरु प्रदान गर्ने गर्नु पर्दछ । हाल सुदूरपश्चिममा मात्र नभइ देशमा नै शैक्षिक बेरोजगारहरु बढेको र उक्त शिक्षित बर्गलाई व्यवसायिक कृषिमा आकर्षण गर्न स्थानीय सरकारले अभिभावकको भूमिका खेल्नु पर्दछ ।
सुदूरपश्चिम प्रदेश सरकारले धान, गहुँ उत्पादन बढी हुने तराइ तथा भित्री मधेशमा धान, गहु तथा नगदे बालीमा व्यवसायीक कृषिमा जोड दिने र पहाडी र उच्च पहाडी क्षेत्रमा बाख्रा पालन, मकै उत्पादन, तरकारी खेती र कुखुरा पालन लगायत का अन्य बिभिन्न बस्तु को सम्भाव्यतामा अध्ययन गरी व्यवसायीक कृषि गरी उत्पादनको हब निर्माण गर्न सकिने छ भने उच्च पहाडी क्षेत्रमा आलु उल्लेख्य उत्पादन हुने र जडिबुडी तथा आयुर्बेदिक हर्बलको उत्पादन गरी देश र बिदेश मा निकासी गर्न सकिने सम्भावना पनि रहेको छ ।
ब्यवसायीक कृषिमा जोडीन चाहने जो कोहिलाई पनि स्थानीय सरकारको सहुलियत पूर्ण कर्जा प्रभाव गर्ने ब्यवस्था गरी कृषिकहरुले उत्पादन गरेको बस्तुको बजारीकरण गरिदिने व्यवस्था स्थानीय सरकारले गर्यो भने बजार व्यवस्थापनको पनि ठुलो समस्या हल हुने छ ।

२.पर्यटकीय क्षेत्रमा लगानी बृद्धि

सुदूरपशिम प्रदेश भौगोलिक विविधता भएको प्रदेश मध्ये एक हो, तराइ पहाड हिमालको मिलन र त्यहाँ अवस्थित बिभिन्न धर्मिक शक्ती पिठ, सुन्दर हिमाल र बिभिन्न अन्य पर्यटकिय क्षेत्र हरु रहेका छन् । हालको बिद्यमान व्यवस्थामा तीन वटा सरकारहरु रहेका छन् र पर्यटकिय क्षेत्रको बिकासको लागि सबै सरकारको समान्वय आवश्यक पर्दछ ।

  • तीन वटै सरकारको समान्वयमा आन्तरिक तथा बाह्य पर्यटकहरु लाई भित्र्याउने र आन्तरिक पर्यटकलाई प्रोत्साहन गर्न प्रदेश सरकारले १ महिनाको तलब सहित १० देखी १२ दिन सम्म बिदा दिने र सो को भुक्तानी पर्यटक बनेको प्रमाणको आधारमा भुक्तानी गर्ने ।
  • आधुनिक होटेल रेस्टुरामा लगानी बढाउदा पर्यटकको आकर्षण र रोजगरी पनि हुने सम्भावना देखिन्छ ।
  • सम्पूर्ण गाउँपालिका र नगरपालिकाहरुलाई प्रदुषण मुक्त बनाउने र यातायात को व्यवस्थापनमा जोड दिने ।
  • डोटीको खप्तड बैतडीको पाटन, निङलसैनी, देहिमाण्डु, दार्चुलाको मालिकार्जुन, जगतपुरी धाम तथा अन्य बिभिन्न धर्मिक क्षेत्र र सुन्दर अपिहिमाल, बझाङको सैपाल हिमाल डडेलधुराको अमरगढी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर पूर्वधारको बिकास गर्न सक्यो भने पर्यटकीय क्षेत्र बाट राम्रो आम्दानी हासिल गर्न सकिन्छ ।

३. उद्योगको स्थापना
सुदूरपशिम प्रदेश सरकारले प्रदेश सरकारको स्वामित्वमा बिभिन्न उत्पादन मुलक उद्योगहरु स्थापना गरी देशको नमुना प्रदेश बनाउन नीतिगत व्यवस्था र निर्णय गर्नु पर्दछ ।
प्रत्येक स्थानीय तहहरुमा सम्भावना बोकेको ठाउँमा औद्योगिक क्षेत्र निर्माण गरी अहिले र पहिले सरकार बाट स्थापना भएका उद्योगबाट महत्वपूर्ण चुनौती र सम्भावनाको पाठ सिकी देशको बढ्दो व्यापार घाटालाई सुदूरपश्चिमको औद्योगिकरणबाट व्यापार घाटालाई घटाऊन लाई नीतिगत सुधार गर्ने ।

औद्योगिक सुरक्षा, पूर्वधार बिकास नीतिगत स्थायित्व सुशासन र कर्मचारी मजदुरहरुको सहमतिको जगमा उद्योग र कर्मचारी, मजदुरहरुलाई आकर्षण वातावरण बनाउने रणनीति लिने, पब्लिक र प्राइभेट कम्पनी हरुलाई रोजगारी सिर्जना गरेको र अनुसन्धानमा टेवा पुर्याएको, बिकास गरेको आधारमा प्रोत्साहन गर्ने व्यवस्था सरकार स्थर बाट गरिनु पर्दछ ।

४. युवा उद्यमशीलताको बिकास
समाज परिवर्तनको लागि देशलार्ई युवाको भूमिका महत्वपूर्ण हुन्छ । हाल सुदूरपश्चिमको युवा शक्ति बैदेशिक रोजगारीमा र नेपालमा भएको शक्ति भने जागिरमा रहेका पाईन्छन । उक्त बैदेशिक रोजगारी र जागिर मात्रा पैसा कमाउने श्रोत हो भनी निर्विकल्प काम गरिरहेका युवा श्रम शक्ती लाई शीप र दक्षता विकास गरी साना तथा माझौला उद्योग स्थापनामा जोड दिने, रोजगारी प्रदान गर्ने र स्वंयम् उद्योगी बन्ने बनाउने रणनिती लिने हो भने सुदूरपश्चिम प्रदेश र त्यहाका जनता आर्थिक रुपमा सम्पन हुने देखिन्छ ।

  • उतपादनमा जोडिने युवालाई थप अनुदानको व्यवस्था गर्ने र अनुदान सही ठाउँमा प्रयोग भएको छ वा छैन भन्ने बिषयको अध्ययन गर्ने छुटै संयन्त्र निर्माण गरी सरकार र लगानी कर्ता दुबैको लगानी सुरक्षित हुने देखिन्छ ।
  • युवा शक्तिलाई शैक्षिक योग्यताको आधारमा सीप तथा तालिम प्रदन गर्ने र उक्त सीपलाई व्यवसायमा सामेल गराउने ।
  • युवा उद्यमीलाई निश्चित समय अवधीको लागि कर छुटको व्यवस्था गर्ने ।
  • उच्च शिक्षा हासिल गरेका शैक्षिक बेरोजगार हरुलाई अनुसन्धानमा आबद्द गराउने ।

५. महिला उद्यमशीलताको बिकास
हाल प्रदेश भर महिलाहरु घरायसीकाममा नै व्यस्त देखिन्छन् र ती महिलाहरुलाई सहजै घरायसीकामबाट व्यवसाय तर्फ उन्मुख गराउन भने गाह्रो छ । महिलालाई आर्थिकरुपमा आत्मनिर्भर बनाउनको लागि सबैभन्दा चुनौती त अरु प्रदेशको भन्दा बढी भूमिका सुदूरपश्चिमले खेल्नु पर्नेछ ।

  • हाल महिला उद्यमी हरुलाई दिइएको अनुदान प्रयाप्त न भएपनी राम्रो भने पक्कै छ तर उक्त अनुदान शहरमुखी र पहिला नै व्यवसायमा समाबेश भएको महिलाहरुको समुहको कब्जामा छ । उक्त नीतिलाई सुदूरपश्चिम प्रदेशले गाउँ र नयाँ व्यवसायीहरुमा केन्द्रित गर्नु पर्दछ ।
  • महिला उद्यमीको हकमा प्रदेश सरकारले नै रोजगारीका अवसरहरु सिर्जना गर्ने र महिलाहरुले उत्पादन गरेको बस्तुको बजार व्यवस्थापन पनि प्रदेश र स्थानिय सरकारले गर्ने ।
  • महिलाद्वारा सञ्चालित उद्योग दर्ता शुल्क पूर्ण निशुल्क गर्ने हो भने महिलाहरु व्यवसायमा आकर्षित हुनेछन् ।

 

६. बित्तीय साक्षरता
नेपाल सरकारको नीति अनुरुप प्रत्येक स्थानीय निकायमा बाणिज्य बैकको शाखा कार्यालयको स्थापना भइसकेकोले बित्तीय पहुँच भने पुगेको छ । तर बित्तीय संस्थाको स्थापनाले मात्र नगरपालिका र गाउँपलिकाको आर्थिक बिकासको कल्पना भने गर्नु हैदैन ।
हाल आर्थिक क्षेत्रको समावेशीकरण र बित्तीय साक्षरताको बिषयले ठुलो महत्व र चर्चा पाउन थालेको छ । जुन नेपालमा पनि केन्द्रीय बैंक, बित्तीय संस्था देखी NGO/INGO हरु पनि सकृय छन् ।

बित्तीय साक्षरता लाई बित्तिय शिक्षा तथा बित्तीय जानकारीलाई बुझाउन सकिन्छ । बित्तीय शिक्षा भित्र पैसाको महत्व र पैसाले कसरी काम गर्दछ भन्ने बुझाउँछ । सुदूरपश्चिममा बित्तीय शिक्षाको अभावको कारण आर्थिक बिकास हुन सकेको छैन ।
सुदूरपश्चिमको हकमा औपचारिक र अनौपचारिक बित्तीय शिक्षाले गरिबीको उन्मुक्ती हुने कुरा मात्रा नभइ समाज परिवर्तन र प्रदेशको आर्थिक बिकास पनि बित्तीय शिक्षाले सहज बनाउँछ । त्यसैले प्रदेशमा बित्तीय साक्षरताको लागि छुट्टै बजेट निर्माण गरी परिचालन गर्यो भने आर्थिक र सामाजिक रुपमा बिकास हुनेछ ।

७. उर्जा
ठूलो रूपमा आर्थिक वृद्धिदर हासिल गर्न, र प्रदेश लाई तीव्र औद्योगिकरण गर्ने दिशामा जाने हो भने ऊर्जा क्षेत्रको लगानीलाई र ऊर्जा विकासलाई प्राथमिकता दिनुपर्छ । त्यो भनेको नेपालको सन्दर्भमा जलस्रोत नै हो । जलस्रोतको क्षेत्रमा ठूला, मझौला र साना यी तीनवटै योजनालाई समन्वयात्मक ढंगले विकास गर्ने कुरामा ध्यान दिनुपर्छ ।
ऊर्जा विकास भयो भने मात्र बल्ल उद्योगहरुमा लगानी बढ्ने र उद्योग धन्दा खुल्ने स्थिति आउँछ । यसबाटै अहिलेको सुदूरपश्चिमको पहाडी जिल्लामा रहेको बिद्युत अभावको अवस्थाबाट मुक्त हुन सकिन्छ । ऊर्जा विकासमा प्रदेश सरकारले तत्काल जोड दिनुपर्ने भनेको जलाशययुक्त योजनामा हो । सुदूरपश्चिममा अवस्थित देश कै गौरबको आयोजना पञ्चेश्वर आयोजना र अन्य सेती, चमेलिया नदी लगायतका अन्य नदी र खोला हरु बाट बिद्युतको सम्भावना रहेको हुँदा प्रदेश सरकारले निजी लगानी र स्वयम् प्रदेश सरकारको लगानीमा उर्जा उत्पादन गर्ने तिर मुख्य प्राथमिकता दियो भने सम्पूर्ण गाउँ घरहरु झिलिमिली हुने र व्यवसायमा सफलता हासिल गर्न सकिन्छ ।

  • पञ्चेश्वर आयोजना लगायत जलाशययुक्त आयोजनालाई प्राथमिकता ।
  • प्रदेश भित्रकै लगानिकर्ता लाई सम्भव भए सम्म लाइसेन्स वितरण गर्ने ।
  • विज्ञको समूह निर्माण गर्ने ।
  • पहाडी क्षेत्रमा बिद्युत बिस्तार सुस्त रहेको हुँदा प्रसारण र वितरण लाइन विस्तार गर्ने ।
  • सुशासन सहितको प्राधिकरण निर्माण गर्ने ।
  • लगानीको लागि वातावरण र लगानीमा सहजीकरण गर्ने ।
    माथि उल्लेखित बिषयवस्तुको कार्यन्वयनको लागि शिक्षा र स्वास्थ्य अतिआवश्यक पर्दछ ।लेखक
    (प्रभु बैक लि.कर्णाली प्रादेशिक कार्यालयका कर्मचारी हुन)

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्