स्वास्थ्य सामग्री बोकेर नेपाल एअरलाइन्सका दुई वटै वाइडवडी नेपाल आइपुगे, एउटा जहाज ‘ओभरशुट’

FILE PHOTO

काठमाण्डौ – चीनको ग्वान्झाउबाट स्वास्थ्य सामग्री बोकेर नेपाल एअरलाइन्सका दुई वटै वाइडवडी जहाज नेपाल आइपुगेका छन् । एउटा जहाज बिहान ७ बजे र अर्को जहाज बिहान सात बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नेपालका निजी क्षेत्रले औषधि र उपकरण ल्याउनको लागि फ्लास फ्रेटले र साङ्ग्रिला फ्रेटले जहाज चार्टर्ड गरेका हुन् । यी जहाज बिहीबार साँझ पौने ६ बजे ग्वान्झाउको लागि उडेका थिए ।

एउटा जहाज ‘ओभरशुट’

सामान बोकेर आएको एउटा वाइडबडी जहाजले भने ओभरशुट गरेको छ । धावनमार्ग नजिकै पुगेको बेला पाइलटले ठम्याउन नसक्दा जहाजले ओभरशुट गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

‘धावनमार्गमा टच हुन थालेको थियो तर पाइलट कन्फ्युज भएपछि जहाज ओभरशुट गराए, हवाइ उडानमा यसलाई सामान्य प्रक्रियाका रुपमा लिइन्छ ।’ ओभरशुट गरेको जहाज भीमफेँदी हुँदै निजगढमाथिको आकाशमा पुगेर फेरि विमानस्थलमा सफल अवतरण गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्