भोटेकोशी गाँउपालिकाले १ करोड २० लाखको प्रकोप व्यबस्थापन कोष निर्माण गर्ने

सुशील सुवेदी

सिन्धुपाल्चोक – भोटेकोशी गाँउपालिकाले १ कारोड २० लाखको प्रकोप व्यबस्थापन कोष निर्माण गर्ने भएको छ । बिहिबार बसेको गाँउकार्यपालिकाको बैठकले कोष निर्माण गर्ने निर्णय गरेको हो । गाँउँकार्यपालिकाको २०७६ साल चैत्र १२ को निर्णयले नेपाल बंगलादेश बैकमा स्थापना गरिएको प्रकोप ब्यवस्थापन कोषमा नेपाल सरकारको निर्णय बमोजिमका ६ शिर्षकबाट रकमको रकामान्तर गरी उक्त कोष निर्माण गर्ने निर्णय भएको गाँउपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।
अध्यक्ष पौडेलका अनुसार उक्त प्रकोप व्यवस्थापन कोषमा पदाधिकारी तथा कर्मचारी भ्रकण शिर्षकबाट रु १० लाख, खेलकुद, उत्सव तथा महोत्सव शिर्षकबाट रु १० लाख, एम्बुलेन्स खरिद शिर्षकबाट रु १० लाख, घुम्ति सिबिर संचालनन कार्यक्रम बाट १० लाख, गुरुयोजना तथा डिपिआर तयार शिर्षकबाट ७० लाख र प्रदेश सरकारबाट प्राप्त हुने रु १० लाख गरी १ करोड २० लाखको कोष निर्माण गरिने भएको अध्यक्ष पौडेलले बताए ।
यस्तै गाउँकार्यपालिकाको बैठकले सरकारले लागु गरेको लगडाउनको समयमा जीवन यापन गर्नको लागि कठिन भइरहेका असंगठित श्रमिक, अति बिपन्न परिवार, अपांग, एकल महिला आदिको पहिचान गरी प्रति परिवार ३० के.जि चामल २ के.जि दाल, २ के.जि नुन, २ लिटर तेल, १ के.जि मसेउरा र २ वटा साबुन बितरण गर्ने निर्णय समेत भएको अध्यक्ष पौडेलले जानकारी दिए ।

राहत बितरणको लागि भने पालिकाले तयार गरेको इ बिड सिस्टमबाट प्रतिस्पर्धात्मक रुपबाट खरिद गरिने छ । यससँगसँगै सरकारले बैशाख १५ गते सम्मको लागि तय गरेको लकडाउनको पुर्ण पालन गर्न र गराउनको लागि पालिका भित्रका अत्याबश्यक तरकारी तथा खाद्यन्न पसलहरु बिहान ७ बजे देखि ९ बजे सम्म र बेलुका ४ बजे देखी ६ बजे सम्म मात्रै संचालन गर्न दिने निर्णय समेत भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद निरौलाले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्