दार्चुलाको नौगाडमा ८७ जनाको र्‍यापिड टेष्ट, सबै रिर्पोटहरु नेगेटिभ

दार्चुला – नौगाड गाउँपालिकामा कोरोना भाइरसको र्यापिड टेष्ट सुरु गरिएको छ । गाउँपालिकाले बुधबार देखि आरडीटी विधिबाट परीक्षण सुरु गरिएको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले उपहार खवरलाई जानकारी दिए ।

जसमा बुधबार नौगाड गाउँपालिका वडा नं. ६ का ४० जना, वडा नं. ५ का ३ जना र महाकालि नगरपालिका वडा नंं. ८ पउन्याखोलाका ३ जना, गरि जम्मा ४६ जनाको र्‍यापिड टेष्ट गरिएको छ । त्यस्तै विहिबार पनि गाउँपालिकाका वडा नं. १, २, ३ र ४ मा पनि र्‍यापिड टेष्ट गरिएको छ । वडा नं. १ मा ५ जना, वडा नं. २ मा ६ जना, वडा नं. ३ मा १० जना, वडा नं. ४ मा १७ जनाको र्‍यापिड टेष्ट गरिएको छ । बुधबार र विहिबार गरि जम्मा ८७ जनाको र्‍यापिड टेष्ट गर्दा सबैको रिर्पोट नेगेटिभ आएको अध्यक्ष धामीले बताए । परीक्षण गर्न बाँकी रहेकाहरुको शुक्रबार परीक्षण गरिने अध्यक्ष धामीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्